सुनको भाउ घट्ने क्रम जारी


काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १२ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि १ हजार ५०० रुपैयाँले घटेको हो ।

आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ३ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ८७८.५५ अमेरिकी डलर र चाँदी ४८.७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।