नेपाल बैंकको ऋणपत्र बाँडफाँट, ऋणपत्र नपाउनेको रकम आजदेखि फिर्ता

0
Shares

नेपाल बैंकले निष्काशन गरेको साढे ३ अर्बको ऋणपत्र जेठ ९ गते बाँडफाँट भएको छ । 
 
बैंकले वैशाख २२ गतेदेखि ३१ गतेसम्म १० वर्षे अवधिको ८.५० प्रतिशत ब्याजदर रहेको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको थियो । 
 
कुल कित्ता ऋणपत्रमध्ये १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई तथा २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गरेको छ । 
 
सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।
 
साथै, बाँडफाँटमा नपरेको ऋणपत्र बापतको रकम जेठ १० गते (आज) देखि आइपीएसमार्फत आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ।  
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।