स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध, डिजिटल भुक्तानी सेवा विस्तार

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध भएको छ । डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी बैंक उक्त सेवामा आवद्ध भएको हो ।
 
जसको लागि नेपाल लिमिटेड (एससीबीएनएल) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गर्नको लागि साझेदारी सम्झौता भएको छ ।
 
यस अन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तिय संस्थामा रेहेको खाताबाट कनेक्ट आईपीएस मार्फत् एससीबीएनएलमा रहेको खातामा अन्लाईन फण्ड ट्रान्स्फर गर्न सकिनेछ । एससीबीएनएल र एनसीएचएलका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित भर्चुअल समारोहमा सो सम्बन्धमा सदस्यता सम्झौता कार्यान्वयन भएको छ । एससीबीएनएल र एनसीएचएल बीच यस सहकार्यले ग्राहकहरूलाई अन्लाईन भुक्तानीमा थप सहयोग पु¥याउने र नेपालको डिजिटल भुक्तानी इकोसिस्टम विस्तार गर्न सहयोग हुने विश्वास लिइएको छ ।
 
प्रारम्भिक चरणको कार्यान्वयनमा, कुनै पनि कनेक्ट आईपीएसको सदस्य बैंक र वित्तीय संस्थाका ग्राहकहरूले (यसको वेब वा मोबाइल एप्स् वा एनपीआई वा बैंक र वित्तीय संस्थाका मोबाइल एप्स्रइन्टरनेट बैंकिङ्गबाट) स्ट्याण्डर्ड चार्टर्डमा रहेको कुनै पनि खातामा सिधै रकमान्तर गर्न सक्नेछन् । यसले एससीबीएनएलका ग्राहकहरूलाई कनेक्ट आईपीएस मार्फत सोझै आफ्नो खातामा रकम प्राप्त गर्न सक्नेछन् र बैंकले व्यावसायिक ग्राहकलाई भुक्तानी संकलन गर्न यस प्रणालीमा आवद्घ गर्न सहज हुनेछ ।
 
दोस्रो चरणमा, एनपीआईका सेवाहरूलाई एससीबीएनएलका एसटूबी र मोबाइल बैंकिङ्ग लगायतका च्यानलहरूमा विस्तार गरिने छ, जस अन्तर्गत एससीबीएनएलका ग्राहकहरूले अन्य बैंक र वित्तीय संस्थाहरूलाई पनि रकमान्तरण गर्न सक्नेछन् । त्यसै गरी अन्तिम चरणमा, एससीबीएनएलले आफ्ना ग्राहकहरूलाई कनेक्ट आईपीएसमा आफ्नो बैंक खाता लिङ्क गराई भुक्तानीहरू सिधै आईपीएस प्ल्याटफर्मबाट गर्न सक्ने सेवा पनि उपलब्ध गराउनेछ ।
 
आईपीएस र एनपीआई एनसीएचएलले नेपालमा रियल टाईम भुक्तानी प्रणालीको एक प्ल्याटफर्मको रूपमा प्रदान गरेको छ, जुन हाल ५३ भन्दा बढी बैंक र वित्तीय संस्थाहरूले कनेक्ट आईपीएसको आफ्नो च्यानल र बैंकका आफ्ना च्यानलहरूमा (मोबाइलर इन्टरनेट) फण्ड ट्रान्स्फर र अन्य सेवा भुक्तानीको लागि प्रयोग गर्दै आएका छन् ।
 
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड सन् १९८७ देखि निरन्तर नेपालमा संचालनमा रहेको छ । १५ वटा शाखा, मुलुकभर रहेका २६ वटा एटीएम तथा ५३१ जना भन्दा बढी स्थानीय कर्मचारीहरु रहेका यस बैंकले वृहत राष्ट्रव्यापी संजाल मार्फत् मुलुक भित्र तथा बाहिर आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । यसले आफ्ना ग्राहकलाई मोबाईल बैंकिङ्ग, इन्टर्नेट बैंकिङ्ग तथा एसटूबी लगायतका विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।