सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालखेमा ब्याज छुट पाउने भएका छन् । कम्पनीले जेठ १० गतेदेखि जेठ ३१ गतेसम्म ब्याज छुट दिने भएको हो ।
निषेधाज्ञा शुरु भएको मिति वैशाख १६ गतेदेखि जेठ ३१ गतेसम्मको ब्याजमा सत प्रतिशत छुट दिने घोषणा गरेको छ ।
२०७६ जेठ १६ गतेदेखि २०७८ बैशाख १५ गते (२ वर्ष) सम्मको किस्ताको व्याजमा ५० प्रतिशत र २०७५ जेठ १६ गतेदेखि २०७६ जेठ १५ गते (३ वर्ष) सम्मको किस्ताको ब्याजमा ४५ प्रतिशत छुट दिने भएको छ ।
यस्तै, बाँकी तिर्नुपर्ने सबै किस्ताको व्याजमा पनि ३५ प्रतिशत छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।
व्यतित बीमालेखले बीमितको जोखिम बहन नगर्ने भएकाले समयमै आफ्नो बीमालेखको बीमा शुल्क भुक्तानी गर्न कम्पनीले अनुरोध गरेको छ ।
कनेक्ट आइपिएस, खल्ति, इसेवा, प्रभु पे, फोन पे, सेल पेस र आइएमई पे लगायतका विद्युतिय भुक्तानीका माध्यमबाट नविकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था समेत कम्पनीले मिलाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया