मापदण्ड विपरितका सेनिटाइजर उत्पादन गर्ने उद्योगका तीन सञ्चालक पक्राउ

0
Shares

नेपाल प्रहरीले विभिन्न उद्योगबाट मापदण्ड विपरितका सेनिटाइजर सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उत्सब डिटर्जेण्ट एण्ड कस्मेटिक उद्योगका सञ्चालक काठमाडौं ताहाचलका ४३ वर्षीय कमल अग्रवाल, सोही उद्योगका प्रोपाईटर ४८ वर्षीय राकेश अग्रवाल र काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने लामा समीप इन्टरप्राइजेज प्रालिका सञ्चालक ४२ वर्षीय सुमन लामालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा प्रहरीले कस्मेटिक कम्पनीं बालाजुबाट आइपिए रसायन भएको २ सय लिटरका ८ थान ड्रम, स्यानिटाइजर बनाउने रसायन २ सय लिटरका ७ थान ड्रम, पिजि एलएलपि र ग्लाईसिन रहेको २ सय लिटरका ५ थान ड्रम, ५ सय मिलिमिटरका १ सय २७ कार्टुन स्यानिटाइजर, १ सय मिलिलिटरका ३५ कार्टुन स्यानिटाइजर, ५ लिटरका ४० कार्टुन स्यानिटाइजर, १ लिटरका २ कार्टुन स्यानिटाइजर, मूल्य तथा मिति लेवलिङ प्रयोग गर्ने ३ थान मेसिन बराबत गरेको हो ।

साथै कमल अग्रवालको नाममा दर्ता भएको उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, सोही कम्पनीको काठमाडौं महानगरपालिका–१३ चागल स्वयम्भूबाट १ सय मिलिलिटरका ७८ कार्टुन स्यानिटाइजर, ५ सय मिलिलिटरका २२ कार्टुन स्यानिटाइजर, ५ लिटरका २१ कार्टुन स्यानिटाइजर र १ सय मिलिलिटरका स्यानिटाइजर ५८ किरेट समेत प्रहरीले बरामद गरेको हो ।

यसैगरी सुमन लामाको समिप इन्टरप्राइजेज प्रालिबाट विना इजाजत उत्पादन गरिएका ५ लिटरका २ सय ९५ ग्यालिन गरी १ हजार ४ सय ७५ लिटर स्यानिटाइजर बरामत भएको छ ।

उनीहरू उपर थप अनुसन्धान भईरहेको उक्त महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७८, सोमबार  १३ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।