आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

रेमिटेन्ससँगै उद्यमशीलताको इकोसिस्टमलाई थप सुदृढ गर्ने


काठमाडौँ । रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौँमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गरे।

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय रहेको बताए।

साथै, विभिन्न देशमा सयभन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल रहेको आइएमईले रेमिटेन्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड पहिचानलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

रेमिटेन्ससँगै आइएमईले सिर्जना तथा विकास गरेको उद्यमशीलताको इकोसिस्टमलाई थप सुदृढ गर्दै उन्नत प्रविधि, उत्कृष्ट सेवा र व्यावसायिक गतिशीलतालाई पनि अगाडि बढाउने ढकालले बताए।

सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। यस योगदानका आधारमा आइएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। यसअघि पनि आइएमई पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित हुँदै आएको छ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार  १७ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।