सुनको मूल्य मंगलबार पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares


मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार चाँदीको भाउ भने स्थीर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ, तेजावी ९३ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३५० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ, तेजावी ९३ हजार २०० रुपैयाँ र चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि सोमबार पनि सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला १ सय रुपैयाँले घटेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७८, मंगलबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।