धादिङको रुबी भ्यालीमा जीप दुर्घटना, १ जनाको मृत्यु


धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबी भ्याली गाउँपालिका—४ बोराङस्थित बतासे फेदीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बतासे दोभानमा एकादसी मेलाको पुजा गरेर लापातर्फ फर्किने क्रममा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङका अनुसार दुर्घटनामा सात जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ ।

घटनास्थल दुर्गम गाउँमा पर्ने र वरपर मोबाइल नेटवर्क समेत नचल्ने भएकाले उद्दारमा पनि कठिनाइ भएको छ । राती करिब २ बजे अगाडि नै दुर्घटना भएपनि घाइतेलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या परेकोले नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए ।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।