एकैदिन १२ हजार भन्दाबढीले घट्यो सुनको भाउ


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । आज एकैदिन सुनको मूल्य तोलामा १२ हजार २०० रुपैयाँले घटेको हो ।

हिजो बिहीबार प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तराष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५२७.२२ अमेरिकी डलर र चाँदी ४१.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।