पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी


काठमाडौँ । सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २२६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ , धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ र मकालु आरोहण गर्ने ३ आरोहीबाट ६ लाख ८८ हजार ५० रुपैयाँ राजस्व प्राप्त भएको हो ।

यसैगरी, हिम्लुङ आरोहण दलका १३० जनाबाट ७९ लाख ७४ हजार २० रुपैयाँ र आमादब्लम आरोहणका टोलीका ४७६ जना आरोहीले ७ करोड १३ लाख ४७ हजार १०० रुपैयाँ सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन् ।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार  १४ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।