लोकप्रिय स्कुटरको ऐतिहासिक सफलता, विशेष राइड आयोजना


काठमाडौँ । १ लाख ५० हजार प्रयोगकर्ता संख्या पुगेको अवसरमा जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय स्कुटरका प्रयोगकर्तासँग विशेष उत्सव मनाएको छ।

यस अवसरमा नक्सालस्थित सोरुमबाट सुरु भएको सामूहिक राइड शिवपुरीसम्म आयोजना गरिएको थियो, जहाँ ठूलो संख्यामा प्रयोगकर्ता तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

कार्यक्रममा सुरक्षित यात्रा सम्बन्धी जानकारी, अनुभव आदानप्रदान तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिनुका साथै सहभागीहरूलाई सम्मान गरिएको थियो।

कम्पनीले यस उपलब्धिलाई ग्राहकहरूको विश्वास र समर्थनको परिणाम भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत सम्बन्ध अझ सुदृढ बनाउने जनाएको छ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार  १३ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।