सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई सामग्री प्रदान


काठमाडौँ । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–४ चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । यस बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हेटौंडा शाखाको पहलमा उक्त विद्यालयका १३० जना विद्यार्थीलाई ट्र्याक सुट र शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखाका शाखा प्रबन्धक बिनेश कार्की तथा कर्मचारीहरू र विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।

यस कार्यले बालबालिकाको सिकाइमा सहयोग पुग्ने विश्वास यस बैंकले लिएको छ । बैंकिङ सेवा सँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत उच्च प्राथमिकतामा राख्दै समुदायको आवश्यकता, शिक्षा तथा सामाजिक विकासमा योगदान पु¥याउने उद्देश्यले यस बैंकले सामाजिक कार्यलाई प्राथमिकता दिँदै आएको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार  १७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।