निक्षेप तथा कर्जाको व्याजदर परिवर्तनको जानकारी एसएमएस/इमेल मार्फत् तत्काल दिनुपर्ने

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुले अब आफ्नो निक्षेप तथा कर्जको ब्याजदरमा भएको परवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई एसएमएस/इमेल मार्फत् तत्काल उपलब्ध गराउनुपर्ने भएको छ ।

मंगलबार एकीकृत परिपत्रको संशोधन गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

यसअघि बैंकहरुले राष्ट्रिय दैनिक तथा आफ्नो वेवसाइट मार्फत मात्र जाकारी दिँदै आएका थिए । केन्द्रीय बैंकको नयाँ निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले अब कर्जा लिएका ऋणी तथा मुद्दती निक्षेप तथा बचत खातामा खोलेका ग्राहकलाई विद्यमान ब्याजदरान थप।घट भएमा सो सम्बन्धी जानकारी ग्राहकलाई तत्काल दिर्नुपर्ने भएको हो ।

कोभिड संक्रमणपछि सीमित बैंकिङ्ग सेवा मात्र उपलब्ध गराउँदै आएका बैंकहरुलाई दिएको निर्देशनले बैंकका ग्राहकले ब्याजदर परिवर्तन सम्बन्धी जानकारी आफ्नै मोबाइलबाटै पाउने भएका छन् ।

यस्तै केन्द्रीय बैंकले बोलकबोल (बिडिङ) को आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित व्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाउने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा अवधिमा म्याद समाप्त भएका मुद्दती निक्षेप, जमानत तथा प्रतीतपत्र र अन्य कर्जाको हकमा सम्बन्धित ग्राहकले अनुरोध गरेमा बैंक तथा वित्तीय संस्थाले आवश्यक प्रक्रिया पूरा गरी नवीकरण गर्न सक्ने व्यवस्था परिपत्र मार्फत गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गरी विश्वसनीयता कायम गर्नसक्ने ग्राहकलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्नेछन् । तर यस्तो छुटसम्बन्धी व्यवस्थाको सञ्चालक समितिले निर्णय गरी वेबसाइटमा सार्वजनिक गरी पारदर्शी ढंगले लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।

साथै, कोभिड–१९ बाट विकसित भएको असहज परिस्थितिलाई मध्यनजर गरी विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी/गराई सो को पुष्टि गर्ने व्यवस्था गरी निष्क्रिय खाता सुचारु गर्न सकिने व्यवस्गा केन्द्रीय बैंकले गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७८, मंगलबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।