ऐतिहासिक विन्दुबाट १ लाख रुपैयाँले घट्यो सुनको भाउ


काठमाडौँ । गत माघ १५ गते ऐतिहासिक विन्दुमा पुगेको सुनको मूल्य अहिले झण्डै १ लाख रुपैयाँले घटेको छ । माघ १५ गते ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य आज मंसिर ६ गते ९६ हजार ७०० रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज (आइतबार) सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि ऐतिहासिक विन्दुबाट आधाभन्दा बढी घटेको छ । गत माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको चाँदी अहिले ४ हजार ४४० रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँमा झरेको छ ।

हिजो शुक्रबारको तुलनामा आज चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो । शुक्रबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तराष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५२४.८ अमेरिकी डलर र चाँदी ४०.९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।