जुम्ला । जुम्लामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च करिब ४.६७ प्रतिशत मात्रै भएको छ ।
जिल्लामा चालु आवका लागि कुल बजेट ३ अर्ब ३३ करोड १६ लाख १९ हजार बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको ४.६७ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिए।
जिल्लाको सबैभन्दा बढी विकासे बजेट सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनाको छ । सडक डिभिजनमा चालु आवका लागि पुँजीगत बजेट १ अर्ब ७९ करोड ५० हजार विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा ६ करोड ४८ लाख १२ हजार अर्थात् ३.६१ प्रतिशत पुँजीगत खर्च भएको छ ।







