विद्युत प्राधिकरणको नाफा ७२० करोड, अघिल्लो वर्षको भन्दा ४३६ करोड बढी

0
Shares

नेपाल विद्युत् प्राधिकरणको गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा प्राधिकरणको नाफा ४ अर्ब ३६ करोड अर्थात २५३.५२ प्रतिशत धरै हो ।

अघिल्लो आर्थिक बर्ष प्राधिकरणले २ अर्ब ८४ करोड खुद नाफा कमाएको थियो । लामो समयदेखि घाटामा रहेको प्राधिकरण पछिल्लो २ वर्षदेखि नाफामा छ । संस्थागत सुशासन, अनावश्यक खर्च कटौती र चुहावट नियन्त्रणले गर्दा नाफा बढेको हो ।

प्रधिकरणको विद्युतगृहको बिजुली उत्पादन बढेर २ अर्ब ५५ करोड युनिट पुगेको छ भने डेडिकेटेड फिडरबाट थप २ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तै विद्युत चुहावट १५.३२ प्रतिशतमा झारेको छ । प्राधिकरणले औसत ८ रुपैयाँमा बिजुली किनेर १० रुपैयाँ ४ पैसामा बिक्री गर्दै आएको छ ।

२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो ।

हालसम्म करिब ७८ प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारणको पहुँच पुगेको छ भने ११ प्रतिशतले सोलारलगायत वैकल्पिक ऊर्जा प्रयोग गर्ने गरेका छन् । नेपाल विद्युत प्राधिरकणले अबको दुईदेखि तीन वर्ष्भित्रै देशभर सबै स्थानमा विद्युत् सेवाको पहुँच र्पुयाउने गरी काम गरिरहेको छ ।