रिलायबल नेपाल लाइफको साधारण सभा आह्वान, ६० करोडको आईपीओ जारी गर्ने

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार ४ गते शुक्रबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको जेठ १० गते सम्पन्न सञ्चालक समितिको बैठकले सभाको मिति तोकेको हो ।

सभा कम्पनीको प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान १ः०० बजे भर्चुअल माध्यमबाट शुरु हुनेछ ।

सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बरारबरको ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

सभाले आर्थिक वर्ष २०७५/२०७६ लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा, नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्नेछ । सभामा अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, सञ्चालक नियुक्तिको अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुँदैछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।