काठमाडौँ । गत कात्तिक २७ गतेदेखि लगातार घटेको सुनचाँदीको मूल्य १० दिनपछि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले र चाँदी ४५ रुपैयाँले बढेको हो ।
सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६०७.९२ अमेरिकी डलर र चाँदी ४२.२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







