आरएसडीसी लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने


काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले पुस ३ गते रुपन्देहीको बुटवलमा १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले आउँदो वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको कुल ९.४० प्रतिशतले हुन आउने ९ करोड ७२ लाख २ हजार ५५.२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) पारित गर्नेछ।

यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखारीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १८ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरु मात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।