काठमाडौँ। भारत सिक्किमको मंगन जिल्ला आसपास आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) अनुसार नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर भूकम्प गएको हो ।
भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ । भूकम्पले क्षति पुगे/नपुगेको विवरण भने आइसकेको छैन ।









