युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली मंसिर ९ गतेदेखि मंसिर २३ गतेसम्म बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले मंसिर २३ गते, बुधबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा साढे ४ बजे ३३ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने छ । यसैगरी, सभाले लेखापरीक्षक नियुक्त गर्ने सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदान लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा हालसम्म भएका सम्पूर्ण संशोधनहरुलाई समेटी, कम्पनी रजिष्ट्रारको कार्यालयमा तीन दस्तावेजहरुको ढोँचा अद्यावधिक गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार  ०८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।