सुनको मूल्य थप घट्यो

0
Shares

सुनको मूल्य शुक्रबार पनि नेपाली बजारमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको ४०० रुपैयाँले घटेको हो । यसअघि बिहीबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ८०० रुपैयाँ, तेजावी ९३ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३५० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन तोलाको ९४ हजार २०० रुपैयाँ, तेजावी ९३ हजार ७०० रुपैयाँ र चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यमा गिरावट आएपनि चाँदी भाउ भने शुक्रबार स्थीर रहेको महासंघले जनाएको छ ।

बुधबार तोलाको ९४ हजार ५ ०० रुपैयाँ पुगेर यो वर्ष यताकै उच्च मूल्य बनेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७८, शुक्रबार  ११ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।