
छरिएर रहेको स-सानो पूँजी संकलन गरी पूँजी निमार्णमा विशेष योगदान पुर्याउने सामूहिक लगानीकोषहरुको आयमा आयकर नलाग्ने भएको छ ।
आगामी आवको आयव्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीबजारको विकासमा महत्वपूर्ण योगदान गरिरहेका सामूहिक लगानीकोषहरुको आयमा कर नलाग्ने व्यवस्था गरेको उनले जानकारी दिए ।
नेपालमा विभिन्न मर्चेन्ट बैंक (वाणिज्य बैंकहरुका सहायक कम्पनी ) को व्यवस्थापनमा खुला र बन्दमुखी गरी करिब दुई दर्जन सामुहिक लगानी कोष सञ्चालन गरेका छन् ।
पूँजी बजारको धेरै ज्ञान नभएका तथा सानो पूँजीबाटै धितोपत्रमा लगानी गर्नका लागि म्युचुअल फण्डको इकाईमा गरिने लगानीलाई प्रोत्साहन गर्नका लागि र इकाईधनीलाई अधिकतम प्रतिफल दिन यस्ता फण्डहरुमा लाग्दै आयको आयकर छुट दिनुपर्ने आवाज यसअघि सम्बन्धीत फण्डहरुले राख्दै आएका थिए ।
नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये सामूहिक लगानी कोष (म्युचुअल फण्ड) एक हो । यस्ता फण्डले साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूलाई ठूलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानी गरी नाफा आर्जन गरी इकाईधनीलाई प्रतिफल वितरण गर्ने गर्दछन् ।
दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सामूहिक रुपमा उठाएको पैसा कहाँ लगानी गर्ने भन्ने योजनाबद्ध रुपमा लगानी गर्छन् । यस्ता फण्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार, डिवेञ्चर, मुद्दती निक्षेप, बचतपत्र, सरकारी धितोपत्रमा समेत लगानी गरेका हुन्छन् ।
यसैगरी सरकारले साना करदातालाई लाग्दै आएको करको दर यथावत् राखेको छ भने पूर्वानुमानित आय विवरण बुझाउने कारोबारको सीमा बढाएर २० लाखबाट १० लाख वृद्धि गरी ३० लाख रुपैयाँ र्पुयाइएको छ । कारोबारमा आधारित कर बुझाउने करदाताको कारोबारको सीमा पनि ५० लाखबाट बढाएर एक करोड रुपैयाँ र्पुयाइएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया