सुनचाँदी दुबैको मूल्य आइतबार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन चाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन प्रतितोला २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ, तेजावी ९३ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ, तेजावी ९३ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुन तोलाको ४०० रुपैयाँले घटेको थियो भने चाँदीको मूल्य स्थीर बनेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १६ जेष्ठ २०७८, आइतबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।