मेरो माइक्रोको ६० हजार ४१८ कित्ता संस्थापक शेयरको लिलामी खुल्यो

0
Shares

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६० हजार ४१८ कित्ता संस्थापक शेयरको आज (सोमवार) देखि लिलामीमा विक्री खुला भएको छ ।
 
उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  
 
उक्त शेयरको न्यूनतम मूल्य ५७२ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 
 
सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिने कम्पनीे जानकारी दिएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
 
 

प्रकाशित मिति: १७ जेष्ठ २०७८, सोमबार  ०८ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।