
जारी निषेधाज्ञाकाबीच प्रहरीले ब्रोकर कम्पनीका कर्मचारीलाई कार्यालय आवत जावतामा रोक लगाएपछि पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई शुक्रबार पत्राचार गरेको छ ।
बोर्डबाट इजाजतपत्र प्राप्त गरेका संस्थाहरू नेप्से, दलाल व्यवसायी (ब्रोकर) र मर्चेन्ट ब्रोकरअत्यावश्यक सेवाभित्र पर्ने जानकारी गराउँदै सो संस्थाको कर्मचारीलाई आवत जावतमा सहजीकरण गर्न आग्रह गरिदिन पत्र मार्फत आग्रह गरिएको छ।
बोर्डले जिप्रका काठमाण्डौंलाई पत्राचार गर्दै बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजारको नियामकको रुपमा बोर्डबाट इजाजतपत्र प्राप्त संस्थाहरुबाट अनलाई मार्फत शेयर कारोबार भैरहेको जानकारी दिँदै अनलाईन सिस्टम सञ्चालन गर्ने प्रयोजनका लागि न्यूनतम ३ जनासम्म कर्मचारीलाई आवत जावतमा सहजीकरण गरिदिन भनेको हो ।
बोडका कामु कार्यकारी निर्देशक विनयदेव आचार्यले जिप्रका काठमाण्डौंलाई लेखेको पत्रमा भनिएको छ ‘ अनलाई मार्फत शेयर कारोबारमा संलग्न हुने तथा बोर्डबाट सदस्यता प्राप्त गरेका नेप्से, दलाल व्यवसायी (ब्रोकर) र मर्चेन्ट ब्रोकर अत्यावश्यक सेवा अन्तर्गत रहने हुँदा उक्त संस्थाको परिचयपत्रका आधारमा आइतबारदेखि शुक्रबारसम्म अनलाईन सिस्टम सञ्चालन गर्ने प्रयोजनका लागि न्यूनतम कर्मचारी अर्थात ३ जनासम्मलाई त्यहाँबाट तोकिएको समयभित्रै रहेर आवत जावतमा सहजीकरण गरिदिन हुन निर्देशानुसार अनुरोध गर्दछु ।’
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया