एनआइसी एशिया क्यापिटलले अनलाइन मार्फत लगानी व्यवस्थापन सेवा दिने

0
Shares

एनआइसी एशिया क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई अनलाइनको माध्यमबाट लगानी व्यवस्थापन सेवाको लागि आवेदन दिनसक्ने व्यवस्था मिलाएको छ ।

लगानीकर्ताहरुलाई शेयर बजारमा लगानी गरी प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई अनलाइनको माध्यमबाट लगानी व्यवस्थापन सेवाको लागी आवेदन दिनसक्ने व्यबस्था मिलाएको जनाएको छ ।

आफ्नो स्थापनाकाल देखि नै केन्द्रीय कार्यालय बबरमहल, काठमाण्डौंबाट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आईरहेको क्यापिटलले निषेधाज्ञाको समयमा लगानी व्यवस्थापन सेवा लगायतका भौतिक रुपमा उपस्थित भई प्रदान गरिने सम्पूर्ण सेवाहरु पूर्ण रुपमा बन्द भईरहेको अवस्थामा अनलाइन मार्फत सेवा प्रवाह गर्ने जनाएको हो ।

निषेधाज्ञा भन्दाअघि उक्त सेवा भौतिक रुपमा उपस्थित भई ग्राहकहरुले प्रत्यक्ष रुपमा लाभ लिइरहेका थिए । तर निषेधाज्ञापछि क्यापिटलले अनलाईन मार्फत नै उक्त सेवा प्रदान गर्ने भएको हो ।

एनआईसी एशिया क्यापिटलले शेयर बजार सम्बन्धी ज्ञान नभएका लगानीकर्ता तथा शेयर बजार सम्बन्धी ज्ञान भएता पनि समय अभावको कारणले गर्दा शेयर कारोबार गरेर लाभ लिन नसकिरहेका लगानीकर्ताहरुलाई मध्यनजर गरि लगानी व्यवस्थापन सेवा सञ्चालन गरिरहेको छ ।

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटलको लगानी व्यवस्थापन सेवा अनलाईन मार्फत सहज रुपमा घरमै बसी लिई शेयर बजारमा लगानी गरि अल्पकालीन र दीर्घकालीन फाईदा लिन सक्नेछन् ।

उक्त सेवा लिने ग्राहकहरुको लगानी सम्बन्धी निर्णय गर्दा शेयर बजार सम्बन्धी राम्रो ज्ञान र अनुभव भएका विज्ञ समुहबाट गरिने हुँदा लगानीकर्ताहरुलाई कम जोमिख बहन गरि उच्च प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त हुने देखिन्छ ।

अनलाईन मार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले क्यापिटलको वेभसाईट वा सोझै लिंकमा क्लिक गरि थप जानकारीको लागी आफ्नो समय अनुकुल भर्चुअल मिटिङको लागि समय बुक गर्न सक्नेछन् । साथै उक्त लगानी व्यवस्थापन सेवा लिनको लागि सोझैमा क्लिक गरि रितपूर्वक आवश्यक विवरण÷कागजातहरु अपलोड गर्नु पर्नेछ । उक्त सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोबाईल नं. ९८५११२१९९४ मा सोझै सम्पर्क गर्न सकिने जनाइएको छ ।

साथै क्यापिटलको अनलाईन लगानी व्यवस्थापन सेवाले गर्दा लगानीकर्ताहरु घरमै सुरक्षित बसी हालको विषम परिस्थितिमा सहजै रुपमा लगानी व्यवस्थापनको सेवा लिई शेयर बजारबाट उचित लाभ लिन सक्ने विश्वास क्यापिटलले लिएको छ ।

अहिलेको समयमा सम्पूर्ण काम अनलाईनबाट हुने र परिस्थिति सहज हुन साथ अर्थात निषेधाज्ञा समाप्त भऐ पश्चात आवश्यक प्रकृयाको लागि क्यापिटलको प्रधान कार्यालय, बबरमहल, काठमाण्डौ वा क्यापिटलको शाखा कार्यालयहरुमा उपस्थित भई बाँकी प्रकृया अनिवार्य रुपमा पूरा गर्नुपर्नेछ ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको दोश्रो लहरको संक्रमण रोक्न सरकारले बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७८, सोमबार  १९ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।