लक्ष्मी भ्यालु फण्डको इकाईमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्जले मंगलबार लक्ष्मी भ्यालु फण्डको इकाईमूल्य समायोजन भएको छ । फण्डले गत आवको मुनाफाबाट इकाईधनीलाई वितरण गरेको नगद लाभांश पश्चात इकाईमूल्य समायोजन गरेको हो ।

नेप्सेले समायोजन पश्चात लक्ष्मी भ्यालु फण्डको प्रतिइकाई ९ रुपैयाँ ४३ पैसा मूल्य निर्धारण गरेको छ ।

लक्ष्मी भ्यालु फण्ड–१ ले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीलाई प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणका लागि साउन २८ गते मंगलबार बुकक्लोज गरेको हो। यसअनुसार साउन २७ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीले मात्र फण्डले वितरण गर्ने लाभांश पाउनेछन्।

नेप्सेमा शेयरमूल्यको दश प्रतिशत वा सोभन्दा बढी नगद लाभांश वितरण गर्ने सूचीकृत कम्पनीको शेयरमूल्य समायोजन हुने गरेको छ

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा लक्ष्मी भ्यालु फण्ड १ को प्रति इकाइ खुद मूल्य ११.९८ रुपैयाँ रहेको छ । लक्ष्मी भ्यालु फण्ड १ लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो सामूहिक लगानी कोष योजना हो।