खानीखोला हाइड्रोपावर कम्पनी (KKHC) को शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वित्तीय विवरणहरू सार्वजनिक नगरेको भन्दै शेयर कारोबार रोक्का गरेको हो ।
धितोपत्र बोर्डले बुधबार तीन जलविद्युत कम्पनीलाई कारबाही गर्न नेप्सेलाई पत्राचार गरेको थियो । सोही आधारमा नेप्सेले अध्ययन गरी खानीखोलाको शेयर कारोबार रोक्का गरेको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरू पेश गरेको नपाइएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (घ) मा भएको व्यवस्था बमोजिम खानीखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार जेठ २० गते, बिहीबारदेखि रोक्का गरिएको कम्पनीले जनाएको छ ।
लगानीकर्ता केशव कोइरालाले धितोपत्र बोर्डमा खानीखोला हाइड्रो पावर सहित हिमाल दोलखा हाइड्रो पावर र जोशी हाइड्रो पावर कम्पनीले लामो समयदेखि वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै कारबाहीको माग गरेर धितोपत्र बोर्डमा निवेदन दिएका थिए । सोही आधारमा बोडैले नेप्सेलाई कारबाही प्रकृया अगाडि बढाउन पत्राचार गरेको हो ।
अन्य दुई कम्पनीको वित्तीय विवरण सार्वजनिक गरेपनि खानीखोलाले भने चालु आर्थिक वर्षयतथा कुनैपनि वित्तीय विवरण सार्वजनिक नगरेको नेप्सेले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया