
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख ८ हजार २६१ दशमलव ७८ कित्ता शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
स्टक एक्सचेञ्जका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ती गरेको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड तर्फको शेयर आइतबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा सूचीकृत गरिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार र ग्लोबल आइएमई लघुवित्तले स्पर्सलाई (१ः०.९) को अनुपातमा अर्थात ९० रुपैयाँमा खरीद गरेको थियो । यसअनुसार कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १०० रूपैयाँ अंकित दरको १० लाख ८ हजार २६१ दशमलव ७८ कित्ता शेयर सूचीकृत भएको हो ।
धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड तर्फको शेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया