कोभिड १९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्ने अवस्थालाई ध्यानमा राख्दै मेरो डाक्टर एप सञ्चालनमा आएको छ ।
समयमै उपचार वा परामर्श नपाएर उत्पन्न हुने जोखिम न्यूनीकरण गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजीज् प्रा. लि. सँगको सहकार्यमा एप सञ्चालनमा ल्याएको हो ।
आफ्ना सम्पूर्ण विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर मेरो डाक्टर अनलाइन भिडियो कन्सल्टेशन सेवा मार्फत कुनैपनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क मिलाइएको बताइएको छ ।
मिदास टेक्नोलोजीज् प्रा. लि. ले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा मेरो डाक्टरमा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध हुने बताइएको छ । बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट मेरो डाक्टर एपमा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सकिने विज्ञप्तिमा उल्लेख छ ।










प्रतिक्रिया