तीन लाख नगद सहित हुण्डी कारोबारी प्रहरीको नियन्त्रणमा

0
Shares

नेपाल प्रहरीले हुन्डी कारोबार गरेको अभियोगमा एक जनालाई शुक्रबार पक्राउ गरेको छ ।

अवैध वित्तीय कारोबार गरेको अभियोगमा वीरगंज महानगरपालिका–६ बस्ने ३९ वर्षीय अमित कुमार गुप्तालाई नगद ३ लाख रुपैयाँ सहित बिहान प्रहरीले नियनत्रणमा लिउको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना.२८ प ५७५८ नम्बरको मोटरसाईकललाई वीरगञ्ज महानगरपालिका–१६ ईनर्वा चोकमा जाँच गर्ने क्रममा उक्त नगद फेला परेको हो ।

गुप्ता विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

स्रोत नखुलेको ५ लाख नगद र ब्राउनसुगर सहित ४ जना पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको ५ लाख रुपैयाँ र लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर न.पा ६ मा रहेको मिलन रेष्टुरेन्ट एण्ड कटेजबाट स्रोत नखुलेको नगद ५ लाख ८ हजार २ सय रुपैयाँ र करिब ७ ग्राम ४ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित शनिबार साँझ प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने उक्त कटेजका सञ्चालक ५१ वर्षीया बिष्णुदेवी शाही, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका–९ बस्ने १८ वर्षीय किशोर र दैलेख गुराँस गाउँपालिका–५ बस्ने १९ वर्षीया सरु शाही रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७८, आइतबार  १८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।