
आइतबारको नयाँ रेकर्डपछि सोमबार शेयर बजार परिसूचक मापक नेप्सेमा सोमबार सामान्य करेक्शन आएको छ ।
सोमबार नेप्से ०.२१ अंकले घटेर २९०६.७० अंकमा बन्द भएको छ । आइतबार ५०.१४ अंकले बढेको नेप्सेमा सोमबार झिनो अंकले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३८ अंकले घटेर ५२०.६३ बिन्दुमा झरेको छ ।
सोमबार कुल २२१ कम्पनीको ३ करोड ५४ लाख ७४ हजार कित्ता शेयर १ लाख ५१ हजार पटक किनबेच हुँदा १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ । आइतबार १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँको कारोबार भएको थियो ।
स्टकका अनुसार सोमबार कारोबारमा आएका कूल १३ समूहमध्ये ७ वटाको सूचक बढेको छ ६ वटा घटेको छ । फाइनान्स र विकास समुहको सूचकमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । फाइनान्सको सूचक ८.२७ प्रतिशत र विकास बैंक ६.२७ प्रतिशतले बढेको छ । जलविद्युतको सूचक पनि ३.२३ प्रतिशतले बढेको छ । ब्यापार सर्वाधिक २.२१ प्रतिशतले घट्दा बैंकिङ्ग र होटल तथा टुरिजम्को सूचक १ प्रतिशत धेरैले घटेको छ ।
पुनर्बीमा कम्पनीको उच्च कारोबार
नेपाल पुनर्बीमा कम्पनीको सोमबार सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६२ करोड १७ लाख २९ हजार रुपैयाँको शेयर खरीद बिक्री भएको हो ।
यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४६ करोड ६२ लाख, नेशनल हाइड्रोपावरको ४३ करोड ५६ लाख र लुम्बिनी विकास बैंकको ४३ करोड २४ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ ।
यस्तै कुमारी बैंकको ३४ करोड ४१ लाख, मुक्तिनाथ विकास बैंकको ३३ करोड ३४ लाख, ज्योति विकास बैंकको ३१ करोड ३५ लाख, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ३१ करोड १७ लाख, मेगा बैंकको ३० करोड ८१ लाख र कामना सेवा विकास बैंकको २८ करोड ४६ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ ।
सत्र कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढ्यो
सोमबार १७ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आईसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स र पोखरा फाइनान्सको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ ।
त्यसैगरी आज कामना सेवा विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडविल फाइनान्स, गोर्खाज फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, जानकी फाइनान्स, मन्जुश्री फाइनान्स, रिडी हाइड्रोपावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, नेशनल हाइड्रोपावर, युनिभर्सल पावर, दिश्यश्वरी हाइड्रोपावर, र सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ९ प्रतिशतले बढेको छ ।
लक्ष्मी बैंकका लगानीकर्ताले धेरै गुमाए
सोमबार लक्ष्मी बैंकको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आजको कारोबारमा बैंकको मूल्य सर्वाधिक ३.५८ प्रतिशतले घटेको छ ।
यसैगरी नारायाणी विकास बैंकको २.९०, सनराइज बैंकको २.७१, कुमारी बैंक २.६७, सिभिल बैंक २.६६, सिटिजन्स बैंक २.५४, साल्ट ट्रेडिङ्ग २.४०, नेपाल बंगलादेश बैंक २.३१ प्रतिशत र गणपति माइक्रोफाइनान्सको २.२६ प्रतिशतले मूल्य घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया