रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक शेयर कारोबारमा लगाइएको बन्देज बुधबारदेखि फुकुवा भएको छ ।
जेठ २६ गते बुधबारदेखि कम्पनीले आईपीओ बाँडफाँड गरेको तीन वर्ष पूरा भएकोले संस्थापक शेयर कारोबारमा लाग्दै आएको बन्देज फुकुवा भएको हो ।
बन्देज फुकुवा भएसँगै कम्पनीको संस्थापकहरुले बिहीबारदेखि संस्थापक र साधारण शेयरबीचको कारोबार बन्देज मुक्ता भई सर्वसाधारण शेयर जस्तै कारोबार गर्न सकिने भएको हो ।
यस्तै कम्पनीले प्रकाशन गरेको चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी र नेटवर्थ फरक परेकाले सच्चाएको छ ।
कम्पनीका अनुसार प्रतिशेयर आम्दानी ९.१७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०९.०८ हुनुपर्नेमा भुलवश क्रमश १३.०३ र २०० रुपैयाँ भएको जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया