मिर्मिरे लघुवित्त निमित्त प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्र प्रसाद न्यौपाने

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् ।

लघुवित्तको जेठ २९ गते शनिबार बसेको सञ्चालक समितिको २०९ औ बैठकले प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोको राजीनामा स्वीकृत गर्दै न्यौवपानेलाई निमित्तानको जिम्मेवारी दिएको हो ।

बैठकले भोजपुर बोखिम ५ स्थायी घर भएका न्यौपानेलाई असार १ गतेबाट लागुहुने गरी न्यौपानेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको कम्पनी सचिव तुलसीराम पाठकले जानकारी दिए । न्यौपानेले यसअघि संस्थाको नायव कार्यकारी प्रमुख रहेका थिए ।

सो बैठकले प्रमुख कायृकारी अघिकृत कुमार याक्सोले स्वेच्छिक अवकाशका लागि दिएको राजीनामा असार १ गतेबाट लागु हुनेगरी स्वीकृत गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३० जेष्ठ २०७८, आइतबार  १२ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।