स्पर्स लघुवित्तको शेयर ग्लोबल आइएमई लघुवित्तको नाममा जम्मा

0
Shares

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सम्बन्धीत शयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।

दुई लघुवित्तबीच बैशाख ८ गतेदेखि एकीकृत कारोबार भएकोमा जेठ २८ गते शुक्रबार स्पर्स लघुवित्तको नाममा जारी भएको शेयरहरू ग्लोबल आइएमई लघुवित्तले प्राप्ती गरेसँगै स्पर्स लघुवित्तको शेयर रद्द गरी ग्लोबल आईएमईको नाममा जम्मा गरिएको हो ।

ग्लोबल आइएमई लघुवित्तले १० बराबर ९ कित्ता अनुपात अर्थात् (१ः०.९०) अनुपातमा स्पर्स लघुवित्तको शेयर प्राप्ति गरेको थियो । सोही अनुरुप कायम हुन आएको उक्त शेयर जेठ २८ गते हितग्राही खातामा जम्मा भएको हो ।

कुनै कारणवश साविकको स्पर्स लघुवित्तको शेयरधनीहरुले ग्लोबल आइएमई लघुवित्तको नाममा शेयर जम्मा नभएको भए कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँमा सम्पर्क गर्नसक्ने उल्लेख गरिएको छ । यसरी शेयर जम्मा हुन नसक्ने शेयरधनीको सूची वेवसाइटमा राखिएको उल्लेख गरिएको छ ।

दुई संस्थाबीच एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम २०७७ चैत्र १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले २०७७ चैत्र २७ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७८, आइतबार  १४ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।