उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्बियो

0
Shares

सरकारले उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याएको छ । कोरोना भाइरस संक्रमण पछिल्ला केही दिन यता घटेपछि जोखिम भने रहिरहेकाले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा सोमबार राति १२ बजबाटे सकिँदै थियो ।

अब खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ । पहिले खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको थियो ।

त्यस्तै हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न मिल्ने छ । साथै होटल व्यवसायीले पनि अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७८, आइतबार  १८ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।