एनआईसी एशिया सेलेक्ट ३० को इकाई बिक्री असार १० गतेदेखि खुल्ने

0
Shares

शेयर बजार उचाइमा पुगेको बेला एनआईसी एशिया क्यापिटलले एक अर्बको अर्को सामुहिक लगानी कोषको इकाई बिक्रीमा ल्याउने भएको छ ।

क्यापिटलले असार १० गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामको १० करोड इकाई बिक्रीमा ल्याउने भएको हो ।

निष्काशित कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

उक्त इकाइ खरिद गर्न इच्छुक लगानीकर्ताले छिटोमा असार १४ गते र ढिलोमा असार २४ गते बैंकिङ समय भित्र आवेदन दिन सक्नेछन् ।

सात वर्षे बन्दमुखी प्रकृतिको यस योजनाको इकाईमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
सात वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सक्नेछन् ।

तीन वटा म्युचुअल फण्डहरु सञ्चालन गरिरहेको एनआईसी एशिया क्यापिटलले चौथों म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो । क्यापिटलको दुई वटा बन्दमुखी प्रकृतिको र एक वटा खुलामुखी फण्ड सञ्चालन गरिरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १ असार २०७८, मंगलबार  १३ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।