नेपाल धितोपत्र बोर्डले शेयर कारोबारका क्रममा चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरे पछि त्यसको असर बुधबारको प्रि ओपनिङमा देखिएको छ । १५ मिनेट अवधि चलेको प्रि ओपनिङ सेसनमा कुल ११६ कम्पनीको शेयर कारोबार भएकोमा ७५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको हो ।
१८ कम्पनीको शेयर मूल्य बढेको छ भने २३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । धेरैजसो कम्पनीको १० कित्ता मात्र शेयर कारोबार भएको छ ।
१५ मिनेट अवधिमा समग्र बजार परिसुचक नेप्से ३२.५६ अंकले घटेको छ । योसँगै नेप्से २९८९.५५ अंकमा आईपुगेको छ ।
बुधबारको प्रि ओपनिङमा ११६ कम्पनीका ६६ हजार १७७ कित्ता शेयरहरु ४ करोड ८१ लाख १७ हजार ८४ रुपैंयामा किनबेच भएका छन् ।
प्रि ओपनिङमा शेयर मूल्यमा तिब्र उतारचढाव आएका कम्पनीको सूची यस्तो छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया