सिर्जना फाइनान्स (SFFIL) को बोनस शेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
फाइनान्सले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट वितरण गरेको चुक्त पूँजीको १३.५९ प्रतिशतले हुन आउने ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
फाइनान्सको गत चैत्र १४ सम्पन्न २० औं वार्षिक साधारण सभाले आव २०७६÷०७७ को नाफाबाट शेयरधनीहरुलाई १३.५९ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १४.२७ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
फाइनान्सले लाभांस तथा साधारण सभा प्रायोजनका लागि चैत्र १ गते बुकक्लोज गरेको थियो । तसर्थ बुकक्लोज भन्दा अघिल्लो दिन सम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीले मात्र बोनस पाउनेछन् ।
सिटिजन्स बैंक र सिर्जना फाइनान्स दुबैको जेठ २७ गते बिहीबार सम्पन्न विशेष साधारण सभाले सिर्जना फाइनान्सको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९५ कित्ता शेयर आदान प्रदान रेसियोमा एक आपसमा मर्जर तथा प्राप्ती हुन अन्तिम सहमति दिने प्रस्ताव पारित गरिसकेका छन् ।
दुई संस्थाबीच २०७७ माघ २८ गते प्राप्ती (एक्वीजिशन) प्रकृयामा हस्ताक्षर भएको थियो । सोही दिनदेखि फाइनान्सको धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया