निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा सन्तोष कुमार भट्टराई नियुक्त भएका छन् । भट्टराई एभरेष्ट बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालक नियुक्त भएका हुन् ।
लघुवित्तको असार ४ गते शुक्रबार सम्पन्न २७७ औं सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको कम्पनी सचिव रामबहादुर चौधरीले जानकारी दिए ।
नवनियुक्त सञ्चालक भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बजोजिम शुक्रबार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया