राष्ट्र बैंकद्धारा मौद्रिक नीतिका लागि सुझाव माग

0
Shares

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सरोकारवालाहरुबाट सुझाव माग गरेको छ ।

सरकारले जेठ १५ गते आगामी आव २०७८।७९ का लागि बजेट सार्वजनिक गरेपछि त्यसको कार्यान्वयनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव संकलन सुरु गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, व्यावसायिक संगठन तथा सम्बद्ध सरोकारवालाहरुबाट सुझाव माग गरेको हो ।
केन्द्रीय बैंकले बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगानामा वा आर्थिक अनुसन्त्रान विभाग बालुवाटार काठमाण्डौंमा पत्राचार मार्फत समेत राय सुझाव पेश गर्न सकिनेछ ।

यसअघि औपचारिक कार्यक्रम आयोजना गरी सुझाव संकलन हुँदै आइरहेकोमा कोरोना संक्रमण बढ्ने थालेपछि केन्द्रीय बैंकले इमेल मार्फत नै सुझाव संकलन गर्न थालेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।