नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्दै

0
Shares

नबिले बैंकको शनिबार सम्पन्न हुने विशेष साधारण सभाबाट युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव अनुमोदन हुने भएको छ ।

बैंकको विशेष साधारणले फाइनान्सलाई सम्पत्ति तथा दायित्वमूल्याङ्कन प्रतिवेदन अनुसार कायम हुन आएका फाइनान्सको १०० कित्ता शेयर बराबर बैंकको ३५ कित्ता शेयर अनुापतमा प्राप्ती(एक्वायर) गर्ने भएको हो ।

सभामा मर्जर तथा पप्तीका लागि भए गरेका सम्पूर्ण कामकारवाहीहरुको अनुमोदन गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, र अन्य थप संस्थाहरुसँग पनि मर्जर तथा प्राप्ती प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव सभामा रहेको छ ।

उक्त प्रस्ताव पारित गर्न शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालबाट भर्चुअल माध्यमबाट सभाबोलाइएको छ । बैंक सञ्चालक समितिको जेठ २० गते सम्पन्न बैठकले शनिबार विशेष साधारण सभा बोलाएको हो ।

अर्कोतर्फ युनाइटेड फाइनान्सले पनि ११ बजे नै केन्द्रीय कार्यालय दरबारमार्गमा बैंकमा विलय हुने सहित मर्जर तथा प्राप्ती प्रकृयामा भए गरेका सम्झौता पारित गर्ने र एक्वीजिशन प्रकृयामा दुबै पक्षबीच गरिएको अन्तिम सम्झौता पारित गर्ने, र नियमनकारी निकायबाट प्राप्त सुझाव तथा निर्देशन बमोजिम प्राप्ती सम्बन्धी गर्नुपर्ने थपघट तथा आवश्यक संसोधन लागायत सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरु रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।