युनाइटेड फाइनान्सलाई ३५ रुपैयाँमा खरीद गर्ने प्रस्ताव पारित

0
Shares

नबिल बैंक लिमिटेडको शनिबार सम्पन्न विशेष साधारण सभाबाट युनाइटेड फाइनान्सलाई प्रतिशेयर ३५ रुपैयाँमा खरीद गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः३५ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको हो ।  यससँगै युनाइटेड फाइनान्सका शेयरधनीहरुले १०० कित्ता शेयर बराबर नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

युनाइटेड प्राप्तिपछि नबिल बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड पुगेको छ भने कुल पूँजीकोष ३२ अर्ब ६८ करोड कायम हुनेछ । यसैगरी ग्राहक निक्षेप २ खर्ब १६ अर्ब, कर्जा लगानी २ खर्ब ०१ अर्ब, शाखा संख्या १४७ र एटीएम १८९ हुनेछ ।

उता शनिबारै सम्पन्न युनाइटेड फाइनान्सको विशेष साधारण सभाले पनि नबिल बैंकसँग प्राप्ती( एक्विजेशन) हुने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
कोभिड संक्रमणका अवस्थालाई ध्यानमा राख्दै बैंक र फाइनान्स दुबैले केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट सभा बोलाएको थिए । दुबै संस्थाले आफ्ना शेयर धनीहरुलाई अभौतिक रूपमा उपस्थित हुन जुम आईडि र पासकोड उपलब्ध गराएका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।