
नागरिक लगानी कोषको लाभांश पाउन आज (असार ७ गते सोमबार) सम्म शेयरधनी बन्नुपर्ने भएको छ ।
कोषले असार १८ गते आह्वान गरेको २६ औं वार्षिक साधारण सभाका तथा साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार ८ गते मंगलबार शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ ।
यसअनुसार असार ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सञ्चालक समितिले प्रस्ताव गरेका लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
कोषको जेठ २१ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले असार १८ गते, शुक्रबार, कोषकै केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौँमा अपरान्ह २ बजेदेखि कोषको २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कोषले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट लगानीकर्तालाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका सहित ८।८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७५।७६ बाट भने कोषले शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवबाट बोनस र समग्र लाभांश दुबै घटाएको छ । ८२ प्रतिशत हकप्रदबाट चुक्ता पूँजी बढाएको कम्पनीले नगद र बोनस मिलाएर लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीले ३ अर्ब पूँजी भएको कम्पनीले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी २६.३१ रुपैयाँ कायम गरेको छ । जगेडा कोषमा १३ अर्ब २६ करोड रहँदा प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ कायम गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया