प्रभु सेलेक्ट फण्डको इकाई मंगलबार (आज) देखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला भएको छ ।
प्रभु क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष अन्तर्गतको प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख इकाई सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै मंगलबारदेखि कारोबारमा आएको हो ।
प्रभु क्यापिटलले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड मार्फत १२ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।
नेप्सेले उक्त फण्डको कारोबारका लागि पीएसएफ कारोबार संकेत तोकेको छ ।
प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते देखि जेठ ९ गतेसम्म प्रभु सेलेक्ट फण्ड नामक १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको सामुहिक लगानी कोषको इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
उक्त फण्डको इकाई खरीदका लागि रितपूर्वक आवेदन दिएका ८२ हजार १५२ जना सबै आवेदकहरुलाई इकाई बाँडफाँड गरिएको थियो । जसमध्ये, न्यूनतम १०० देखि १० लाख इकाईसम्म माग गर्नेलाई माग अनुसार र १० लाख इकाई भन्दा माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको थियो ।
कुल १० करोड इकाई निष्काशनमा आएकोमा माग भन्दा धेरै आवेदन परेपछि फन्डको आकार २५ प्रतिशतले बढाएर १२ करोड ५० लाख इकाई पुर्याइएको हो ।
सात वर्ष अवधि रहेको रहेको यस बन्दमुखी योजनालाई इक्रा नेपालले एएमसी ३ रेटिङ प्रदान गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया