
पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले अर्को एक लघुवित्तलाई प्राथमिक शेयर जारी गर्न अनुमति दिएको छ । बोर्डले मनकामना स्मार्ट लघुवित्तलाई शेयर जारी गर्न अनुमति दिएको हो ।
बोर्डले मनकामना स्मार्ट लघुवित्तलाई प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
यसअघि जेठ ३० गते जीवन बीमा लघुवित्तलाई शेयर जारी गर्न अनुमति दिएकोमा एक सातापछि मंगलबार अर्को लघुवित्तले अनुमति पाएको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले असार ६ गते कम्पनीलाई कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तको आइपीओलाई आइआर डबल बी माइनस रेटिङ दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया