
सरकारले निषेधाज्ञा खुकुलो भएसँगै बढे कोरोना संक्रमित थपिएका छन् । यसअघि २ हजार हाराहारीमा झरेको कोरोना संक्रमितको संख्या मंगलबार साढे ५ हजार नाघेको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ९१३ जनामा परिक्षण गरिएको थियो । जसमध्य १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ हजार ९५४ जना संक्रमण मुक्त बनेका छन् । योसँगै हालसम्म ५ लाख ६४ हजार ८८२ जनाले कोरोना संक्रमण जितेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित मध्य ४७६ जना उपत्यकाका रहेका छन् । जसमा काठमाण्डौका ३१० जना, ललितपुरका ९९ जना र भक्तपुरका ६७ जना रहेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमित र मृत्युदर घट्न लागेपछि सरकारले मंगलबारदेखि जोरबिजोर प्रणालीबाट निजी सवारी र बार अनुसारको व्यवसाय गर्न पाउनेगरी निषेधाज्ञा खुकुलो बनाएको थियो । तर लकडाउन खुकुलो हुन साथ कोरोना संक्रमितको दर भने बढेको देखिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया