नेपाल प्रहरीले चोरी रकम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका–९ का ३० वर्षीय ज्ञान बहादुर पौडेल र सोही ठाउँ बस्ने १९ वर्षीय बिकास बजगाई रहेका छन् ।
मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेमा रहेको काबेली समृद्धि बहुउदेस्यीय सहकारी संस्थाबाट चोरी गरेको नगद २ लाख ३० हजार ८ सय रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त नगद पौडेलको गोठमा लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त संस्थामा सोमबार राति चोरी भएको थियो भने मंगलबार बिहान उनीहरुलाई प्रहरीले पक्राउ ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।





प्रतिक्रिया