अरुण भ्याली हाइड्रोको ४ लाख ३५ हजार कित्ता शेयरको बोलकबोल खुला

0
Shares

अरुण भ्याली हाइड्रोपावर (AHPC) को ४ लाख ३५ हजार बढी कित्ता शेयर लिलामी बिक्रीको बोलकबोल बुधबारदेखि खुला भएको छ ।

कम्पनीले असार ९ गतेदेखि हकप्रदमा अवितरित सर्वसाधारण समूहतर्फको ४ लाख ३५ हजार ८९४ कित्ता शेयर लिलामी प्रकृयाबाट बिक्री खुला गरेको हो ।

उक्त शेयर खरीदका लागि असार १६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका शाखा कार्यालय भक्तपुर, कुमारीपाटी, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुर साथै अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी थापाथली, काठमाडौंमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

कम्पनीले गत बैसाख ६ देखि जेठ २ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो हकप्रदमा अवितरित भएको शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याइएको हो । कम्पनीको शेयर मंगलबार अन्तिम पटक ५०९ रुपैयाँमा कारोबार भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ९ असार २०७८, बुधबार  ११ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।